About me

म त हजुर नुवाकोटे ठिटो   :)
भबिष्यमा नाम के होला होला ? नाम परिबर्तन गर्ने भन्छन यी नेता ! गुलाफ को नाम गुलाफ भएर यसले सुगन्ध देको होर ? त्यो त प्रकृतिलेनै देको गुण हैनर ? गुलाफ को नाम सिनो राख्दैमा यसले सुगन्ध दिन छोड्छर ? नाम हैन यी नेता हरु को दिमाग परिबर्तन गर्नुपर्ने । कि कसो ?
जे होस् सुरुमा त म नेपाली , अनि त्यसपछि नुवाकोटे ठिटो ।जन्म देखि पाएको परिचय , र यसमा गर्ब छ मलाई ।कति ले भन्थे नुवाकोटे फटा हुन्छन रे । जाली हुन्छन रे । खै मलाई त तेस्तो लाग्दैन आफु :)
तर हासेर उडैदिन्थें  । यी सब त   बुद्धि नभको मान्छे ले भन्ने कुरा हो । यस्ता कुरालाई एक कानले सुनेर अर्को कानले उडैदिनुपर्छ।मान्छे ले जे सोचून जसरि सोचून मलाई गर्ब छ नेपाली हुनुमा अनि नुवाकोटे हुनुमा ।

भौगोलिक हिसाबले राजधानी देखि नजिकै रहेको नुवाकोट एतिहासिक महत्व बोकेको जिल्ला हो ।गोर्खा को राजा पृथ्वी नारायण शाह ले 1801 मा नुवाकोट जितेपछि नै नेपाल एकीकरण को अभियान सुरु भएको  थियो। 1121 वर्ग किलोमिटर मा फैलिएको नुवाकोट को जनसंख्या लगभग 3 लाख छ ।त्यो मध्येको एक भाग्यमानी म  पनि हुँ ।
 
नुवाकोटकै फेदमा  रहेको खोला किनारै  किनार गयो भने सुर्यमति भन्ने गाउँ आउँछ , हो तेहीं  भाको हो मेरो जन्म -सुर्यमति -1 नुवाकोट ।आफ्नो जमाना मा जापान र बर्मा मा गएर विस्वयुद्ध गरेका मेरो हजुरबुवा त टुडिखेल , काठमाडौँ  बिहान सबेरै पैदल गएर  बढाई खेलेर बेलुकी घर फर्कनुहुन्थ्यो रे ।तर हामी जस्तो नाती हरुलाई काठमाडौँ पैदल त परै जावोस बसमा चढेर जान नि दिन बित्छ। 
 येही कान्ला , खोल्छा अनि जंगल गर्दै मेरो जिन्दगि सुनौलो बाल्यकाल बितेको छ । त्यो जिन्दगि को 14 वर्ष, मेरो शरीर जहाँ गएपनि नमरुन्जेल बिर्सने छैन । विश्वास गर्नुस हरेक बिहान उठ्नु अगी मलाई त्यै , सुसौने लिखु खोलाको छेउमा , कविलास डाडा को काखमा , त्यै त्रिसुली बनको कुनामा रहेको मेरो घर को पलंग मा सुतेको जस्तो लाग्छ।तलको  चाहिं , म पढेको स्कूल क्षेत्रपाल  मा बि , चौघडा हो । हाम्रो घर बाट लिखु खोला तरेपछि चौघडा आउछ ।मैले येही स्कूल मा पढेर slc दिएको थिएँ  ।
तलको तस्बिर चाही -नुवाकोट बजार तथा दरबार छेत्र ।
यहाँ पनि मेरो जिन्दगि को मिठो अनुभब गासिएको  छ  ।मेरो slc  को जाँच येही भएको थियो भैरबि मा बि मा ।अनि अझै याद आउछ , त्यो पर को भारबी थान मन्दिर मा मेरो बिसिस्ट श्रेढी  आयो भने पुजा गर्न आउछु भनेर भाकल गरेको । तर बिसिस्ट  श्रेढी   नि आएन , त्यसपछि जाने मौका पनि मिलेन । तर एक दिन अबस्य जानेछु ।
आम्मै ! नामनै भन्न बिर्सिएछ :) मेरो नाम भिष्म है। 
हाल अस्ट्रेलिया को मेलबर्न सहरमा पढ्दै। बिगत विगत पाँच वर्ष देखि यहिं काम गर्दै आइरहेको छु। अनि मेरो बिदेशी भुमि मा छदाको कुरा गर्नुपर्दा ,  यहाँ आउँदाको अनि रहँदाको मेरो मिठो तितो आनुभब समेटेर मैले ३  बर्ष अघि एउटा भिडियो बनाएको थिएँ लाखौं साथि हरुले मन पराईदिनु भयो जुन तल राखेको छु । २०१२ साल मा एकचोटी नेपाल गएको थिएँ त्यस समयको आनुभब समेटेर नयाँ भिडियो बनाऊदैछु।  चाडैं नै पोष्ट गर्नेछु। 
अरु  त तेही हो बिदेशी जीवन , अरुलाई देख्दा आहा ! आफुलाई चै लौ खा !! :)

यति धेरै पढ्नु भो मेरो बारेमा तपाई को साथि हुन पाए धेरै खुसि हुन्थे मलाई साथि बनाउनु सक्नुहुन्छ फेसबुक मा ।
अनि हाम्रो पेज पनि फलो गर्नुहोला । धन्यवाद !
(मैले google type बाट लेखेको हो , केहि गल्ति भएमा माफ गरिदिनुहोला )   



No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...