Monday, July 14, 2014

नेपाली र विश्वकप फूटबल




मारियो गोट्जेले अतिरिक्त समयमा गरेको गोलमा जर्मनी चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई १–० ले पराजित गरी विश्वकप फुटबल दक्षिण अमेरिकामा जित्ने पहिलो युरोपेली टोली बन्यो।यसैका साथ् बिश्वकप पनि सिद्धिएको छ। यसपाली पनि सधाझैँ बिश्वकप रमणीय रह्यो। 


यसमा दुइ मत छैनकि फूटबल बिश्वको सबैभन्दा प्रसिद्ध खेल हो। अनि अवस्यपनि बिश्वकप फूटबल प्रतियोगिता सबैभन्दा प्रसिद्ध खेल प्रतियोगिता।  बिश्वकप फूटबल ले संसारकै ध्यानाकर्षण गराऊनेगर्दछ । संसारमा अर्बौं मान्छेहरु मा यसको क्रेज देख्न पाईन्छ।   तर खेल मा सहभागिता नहुनु को बाबजुत  जति क्रेंज नेपाली फ्यान हरुमा देख्न पाईयो सायद अरु देशमा पाईएन होला। कतिले पुजा हवन गरे,  कति ले जुलुश गरे , कतिले धम्कि देखाए , कति झगडा भयो, अनि एक युवती को आत्महत्या को दुखद समाचार पनि आए। के यो  अत्तिनै भएन र ?

खेलप्रेमी हुनु ठिक हो , कुनै टिम लाई सपोर्ट गर्नु ठिक हो , तर खेलकै नाममा एकअर्का लाई होच्याऊनु ठिक होला र ? आफ्नो टिम को जीत मा रमाउनु ठिक हो तर अरु को हार मा रमाउनु ठिक होत ? यस्ता खेल हरु त संसारमा मैत्रीता फैलाउन गरिन्छ शत्रुता हैननि। मलाई आस्चर्य लाग्यो हाम्रो कयौं नेपाली फूटबल प्रेमी हरुदेखेर। आफुलाई मनपरेको टिम को प्रसंसा भन्दा प्रतिदोन्दि टिम लाई होच्याउने प्रतिक्रिया हरु देखिए।

सुजो न बुजो खोला खोला कुदॊ!!आफुले अर्जेन्टिना को समर्थन गर्न पाउने भए कसैले ब्राजिलको समर्थन गर्न किन नपाउने ? अनि तेस्तै आफुले ब्राजिल को समर्थन गर्न पाउने भए कसैले अर्जेन्टिनाको समर्थन गर्न किन नपाउने ? माथि को एक दृश्य मा लेखेको धम्की हेर्नुस त कति को जायज छ यो ? ( र्याली को दौरान कोइ ब्राजिल क समर्थक रोड मा नहिनिदिनुस नत्र घटना घट्छरे ) के यो बिकृति हैन र ?? यौटा उखान छ नि “काग लाई बेल पाक्यो हर्ष न बिष्मात” , अर्जेन्टिनाले जितेर नेपाली ले के पाउछन , ब्राजिल ले हारेर नेपालीले के पाउछन ? खेल लाई एक खेल को रुपमा लिन सिकौं। खेल प्रेम ठिक हो तर यस्तो क्रेज भनौं कि पागलपन , यी त ठुलो बिकृति हुन् , एस्ता बिकृति लाई रोक्न नसक्ने हो भने हामी नेपाली को अधोगति अझै बढ्ने छ !!!! खेल हेर्नु , मन परेको को टिम लाई सपोर्ट गर्नु तर किन एक अर्का को निन्दा गर्नु किन अरु लाई दुख दिनु र्याली गरेर अनि धम्कि दिएर !! यसै पनि आफ्नो देश को वस्तुस्थिति भन्दा बढी चियो चासो देखाऊनुपर्ने जस्तो केहि लाग्दैन मलाई , बिदेशी हरुको यो खेल !! त्यो भन्दा त देश को बिकाश मा , खेल बिकाशमा , संबिधान को निर्माण मा अनि युवा जागरण मा पो ध्यान दिने कि ??

 एक चोटी हेरौं , आफ्नै देशका सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ,?
धेरै धेरै बधाई छ सुनकली तिमीलाई! तिमीलाई सलाम छ ! यो बिश्वकप जर्मनी ले लग्यो अनि मेरो लागि तिमीले जित्यौ मेरो बिश्वकप !! !! 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...