Friday, August 15, 2014

Sahana bajracharya and suraj giri scandal proven fraudulent

मलाई लेख्न मन लागिराको अनि समजिक संजाल मा सनसनी फैलाएको एक बिषय

हत्यारा हरु खुलेआम हिडिरहेका छन्  - नेता अनि डन बनेर,  मेरो देशमा
प्राकृतिक प्रकोप ले हजारौं मर्दा वास्ता छैन तर इनकाउन्टर मा मारिएको एक कुख्यात अपराधी को पक्षमा  संसद तताईन्छ मेरो देशमा
कानुन त गरिब र सर्बसाधारण लाई लगाईन्छ मेरो देशमा !!

एक दिन मा कति महिला बाटोमा, घरमा, टोलमा, पार्कमा, काममा  सोषित हुन्छन लेखोजोखा गरेर साध्य छैन। परम्परा ले ठगेको छ महिलालाई , सामाजिक चालचलन ले ठगेको छ महिलालाई , धर्म भनौदो रुडीबादी ले ठगेको छ महिलालाई, पुरुष हुनुमा घमण्ड गर्ने नरपुरुष ले ठगेको छ महिलालाई ।

अनि नेपालको कानुन अनि नेपाल को पुलिस देख्दैन , बिल्कुल अंधा झैं। हरेक दिन सयौं महिला बिना कारण कुटिनछन् , लुटिनछन् , यौन सोषणमा पर्छन तर देख्दैन यी सब, पुलिस , देख्दैन यी सब हाम्रो समाज अनि कानुन।  तर देख्छ त छोटो लुगा लाएर हिडेको ,  कपाल पालेको , जोडी हरु ले जवानी बिसाएको आदि आदि। र कहिले कहिँ त नदेखेपनि अरु को चरित्र हत्या को लागि भने पनि देखेको भानिदिन्छन।  अनि हामी समाज अनि हामी पछि पछि दौडनछौँ उनीहरुको । अनि फेरि इज्जत जान्छरे महिलाको मात्र।
 प्रसङ्ग हो : टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यको
सामाजिक संजाल मा तरंगनै फैलायो केहि दिन अगाडी यस बिषय ले।  साहना र सुरज लाई  रति चितवन मा आफ्नो गाडी भित्र  जवानी विसौंदैगर्दा पुलिस ले रंगे हात समात्यो रे ! साँघु साप्ताहिक ले प्रकाशित गरेको यस समाचार ले विभिन्न रुप लिदै उनीहरुको चरित्र मा दाग लाग्ने कुराहरु फैलदै गए।  गाडी हल्लिदै गर्दा पुलिस ले समात्यो रे ! जागिर बाट निकालियो रे !! आदि आदि

एक यो समाचार सम्पूर्ण रुपमा गलत देखिन्छ। पुलिस ले नै मापसे जाँच मा परेको र सुरज ले मादक पदार्थ सेवन गरेकोले सोही अन्तर्गत कारवाही गरेको जनाएको छ।  र पनि यो सामाचर फैलाउने हाम्रो समाजका  पात्र हरु अनि बुज्दै नबुजी पत्याउने अनि हासेर उडाउने हामी हरुलाई धिक्कार छ।
दुइ यो समाचार सत्य नै थियो भने पनि , कानुन त मं जान्दिन तर पनि कसैलाई दुख नदि , आफ्नो गाडी भित्र दुइ प्रेमी ले के गर्छन भनेर चासो देखाउने हाम्रो समाज , हाहा हासो उठ्छ अनि अचम्म लाग्छ कति खाली समय छ है हामी संग अरु को चियो चर्चो र कुरा काट्न !!
यो समाचार सत्य हैन भन्ने तलको भिडियो ले पनि प्रमाणित गर्छ।



विज्ञप्ति प्रकाशित गर्दै उनि हरुले यी बिल्कुल सत्य होइन र यसको बिरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।  जुन बिज्ञप्ति यस्तो छ
जे होस् यो गलत समाचार प्रकासन् गर्ने लाई  कारबाही होस्। हामी समाज चै आफ्नो काम गरौँ यस्तो झुटो समाचार लाई  प्रोत्साहन नगरौं।



No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...